आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अवैध लागूऔषध गाँजासहित दुई महिला पक्राउ


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २४, २०८१
  • 29
    SHARES

काठमाडौं । अवैध लागूऔषध गाँजासहित वीरगञ्जबाट दुई महिला पक्राउ परेका छन् । प्रहरीले मकवानपुर राक्सिराङ गाउँपालिका–२ की ४२ वर्षीया इन्द्रकुमारी चेपाङ र ४२ वर्षीया फुलमाया स्याङ्बोलाई १० किलो गाँजासहित पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका–२१ हनुमानचोकस्थित सडक खण्डमा प्रहरी चौकी परवानिपुरबाट खटिएको चेकिङ टोलीले सवारीसाधन जाँच गर्ने क्रममा शनिबार नारायणगढ चितवनबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा जाँच गर्दा उक्त बसको पछाडिको सिटमा बसेका ती महिलाहरूको छेउमा राखिएको पिठ्युमा बोक्ने कालो रंङको २ वटा झोलाबाट उक्त लागूऔषध बरामद गरेको थियो ।

उक्त झोला भित्र हरियो प्लाष्टिकले बेरेर राखिएको १० किलो लागूऔषध गाँजा फेला परेको थियो । उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }