आइतवार, बैशाख २३, २०८१

१८० विद्यार्थीलरे पाए ‘एम्बेसडर अफ पाकिस्तान स्कलरसीप’


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १३, २०८१
  • 37
    SHARES

काठमाडौँ– पाकिस्तानी राजदूतावासले १२औँ वार्षिक छात्रवृत्ति ‘एम्बेसडर अफ पाकिस्तान स्कलरसीप’ प्रदान गरेको छ । राजदूतावासले यस वर्ष ११९ विद्यालयका १८० विद्यार्थीलाई ‘एम्बेसडर अफ पाकिस्तान स्कलरसीप’ प्रदान गरेको हो ।सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम नेपालभरका सरकारी विद्यालयमा पढ्ने योग्य/जेहेन्दार विद्यार्थीहरूलाई प्रत्येक वर्ष प्रदान गरिन्छ।

छात्रवृत्ति प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले पाकिस्तानी दूतावासले दुई देशबीच विशेषगरी शिक्षाको क्षेत्रमा जन–जन सम्पर्क अभिवृद्धि गर्न गरेको प्रयासको प्रशंसा व्यक्त गरे । यो सहयोग नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको उनले बताए ।

कार्यक्रममा पाकिस्तानका  राजदूत अबरार एच हाश्मीले  पाकिस्तानले नेपालमा छात्रवृत्ति कार्यक्रम र तेस्रो तहदेखि माध्यमिक शिक्षासम्मको सहयोग विस्तारका लागि आफ्नो प्रयास जारी राख्ने बताए ।  उनले नेपाली युवालाई अध्ययन, खेलकुद र स्वस्थ्य सामाजिक गतिविधिमा उत्प्रेरित गर्नु  द्विपक्षीय सहयोगको मुख्य आधार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }