मङ्लबार, बैशाख २५, २०८१

इलाम र बझाङमा भोलि उपनिर्वाचन , तयारी पूरा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १४, २०८१
  • 19
    SHARES

काठमाडौं । प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेशसभातर्फ बझाङ क्षेत्र नं. १ (क)मा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धित मतदान स्थलमा पुगिसकेको छ । सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।
प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको जनाएको छ ।

प्रहरीले उपनिर्वाचनका लागि इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरेको छ । निर्वाचन सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा एक हजार तीन सय ६३ प्रहरी परिचालन गरेको छ ।

प्रहरीले इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।

यता बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी जनशक्ति परिचालन गरिएको छ । सो क्षेत्रमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }