आइतवार, बैशाख ३०, २०८१

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुसः अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १६, २०८१
  • 33
    SHARES

 

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र राजश्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

 

आईतवारदेखि काठमाडौंमा शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्नसक्ने बताउनु भयो । उहाँले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताउनु भयो । उहाँले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी बिस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गदा दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिनसक्ने बताउनु भयो । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिव दुई हजार लगानीकर्तालाई उहाँले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताउँनु भयो । मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्नुभयो ।

 

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पु¥याउने बताउनु भयो । उहाँले नेपालको साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }