सोमवार, बैशाख ३१, २०८१

आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँः प्रधानमन्त्री


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १६, २०८१
  • 28
    SHARES

 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ ।

आईतवार काठमाडौंको चन्द्रागिरीमा मस्र्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताउनु भयो । उहाँले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताउनु भयो । उहाँले वद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको बताउनु भयो । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरु प्रभावित भएको बताउनु भयो । उहाँले नेपालको जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशभित्र उत्पादित विद्युत यहीँ खपत गर्न नेपाल सरकारले विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको छ । यसले विद्युत खपत बढाउनका लागि ठूलो दिशा निर्देश गर्नेछ । विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार मात्रै भएको छैन, यसले पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको छ । सरकारी र निजी क्षेत्रबाट देशभर चार्जिङ स्टेशनहरु स्थापित भइरहेका छन् । अहिले करिव ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट पनि हो ।’

 

प्रधानमन्त्री दाहालले प्रशारण लाइन बिस्तारमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको बताउनु भयो । उहाँले विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरु अघि बढाउन आवश्यक रहेको बताउनु भयो । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एशियाली विकास बैंकको आर्थिक सहयोगमा मस्र्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशन निर्माण गरिएको हो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }