काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा पुन: काठमाडौं फिर्ता भएको छ ।
सोमबार बिहान रामेछाप उडेको सीताको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
विमानस्थलमा सुरक्षित अवतरण गराएपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म लगिएको उनले बताए ।
उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।