शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वकप अगाडि सबैलाई अवसर दिइयो– कप्तान कप्तान पौडेल


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २०, २०८१
  • 29
    SHARES

 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इण्डिज ‘ए’ सँग बुधवारको खेलका केही खेलाडीलाई अवसर दिएको बताउनुभएको छ ।

बुधवारको तेस्रो खेलमा नेपालले नियमित कप्तान रोहितसँगै सोमपाल कामी र आसिफ सेखलाई प्लेइङ ११ मा समावेश गरेको थिएन । हारपछि कप्तान रोहितले विश्वकप अगाडि सबै खेलाडीलाई प्रयोग गरिएको र सोहीअनुरूप केही नयाँ खेलाडीलाई अवसर दिइएको बताउनु भयो । सबैको आग्रह राम्रो गर्ने खेलाडीलाई टोलीमा राख्नुपर्छ भन्ने रहेको र सोहीअनुरूप यो श्रृंखलामा धेरै खेलाडीलाई अवसर दिइएको रोहितले उल्लेख गर्नुभयो । उहाँले विश्वकपमा ध्यान दिन र आराम गर्न आफू आजको खेलमा विश्राम लिएको उल्लेख गर्नुभयो । नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेट नेसनका रूपमा नेपाललाई स्थापित गर्न स्पष्ट भिजन आवश्यक हुने बताउनु भयो । सोहीअनुरूप नेपाली क्रिकेटको व्यवस्थापकसँग लगातार छलफल भइरहेको र वेस्ट इण्डिज ‘ए’ सँगको श्रृंखला राखिएको स्पष्ट पार्नुभयो । प्रशिक्षक मोन्टीले विश्वकपका लागि अन्तिम १५ खेलाडीका बारेमा पनि टोली स्पष्ट रहँदै आएको पनि उल्लेख गर्नुभयो । उहाँले लेग स्पिनको आवश्यकताअनुरूप कुशल भुर्तेललाई सो जिम्मेवारीमा काम गराउँदै आइरहेको पनि स्पष्ट पार्नुभयो ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार नै वेस्ट इण्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरिसकेको छ । रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, कमलसिंह ऐरी र सागर ढकाल छन् । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }