शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २३, २०८१
  • 31
    SHARES

पोखरा । गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् ।

उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रदेशसभा बैठकमा एमाले र माओवादीले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिने भएका छन् । यस्तै, स्वतन्त्र सांसद दीपक मनाङेले पनि विश्वासको मत दिनेछन् । यता, नेपाली कांग्रेसले मत नदिने भएको छ भने राप्रपा तटस्थ रहने भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }