आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुर आगलागी अपडेट: दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २५, २०८१
  • 22
    SHARES

काठमाडौँ- ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ ।

आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ । एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ । अर्का घाइते नित गिरीको अवस्था सामान्य छ । गिरीलाई साधारण वार्डमा सारिएको छ ।

केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शङ्कर र रमेश पहरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }