आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मालपोतका तीन अधिकृत र कर्मचारीसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २५, २०८१
  • 30
    SHARES

काठमाडौं । जिल्ला मालपोत कार्यालय पर्साका तीन अधिकृतसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले नौ महिना अघि दायर एक मुद्दामा ठहरको फैसला गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवरका साथै सदस्य मुरारीबाबु श्रेष्ठको इजलासबाट सोमबार यस्तो फैसला आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिना गरेको भन्दै २४ साउन २०८० मा ६ जनामाथि मुद्दा दायर गरेको थियो । जसमा सबैमाथि कसूर कायमको फैसला भएको छ ।

विशेषले मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीको हकमा चार लाख ७८ हजार रुपैयाँ बिगो तोकेको छ । बिगोको दोब्बर जरिवाना हुने फैसला भएको छ भने उनलाई एक वर्ष कैद हुने भएको छ ।

यसैगरी मालपोत अधिकृत हरिनारायण मिश्र पनि दोषी पाइएका छन् । उनलाई भने पाँच महिना कैद हुने भएको छ । उनलाई विशेषले ६१ हजार रुपैयाँभन्दा बढी जरिवानाको सजाय सुनाएको छ ।

अर्का मालपोत अधिकृत सनदकुमार द्विवेदीलाई विशेषले एक वर्ष कैद हुने फैसला गरेको विशेषले जनाएको छ । उनले २ लाख २७ हजार रुपैयाँभन्दा बढि जरिवाना तिर्नुपर्ने फैसलामा छ ।

वीरगञ्जस्थित मालपोत कार्यालयबाट २ साउन २०७३ मा रजिष्ट्रेसन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस बिना न्यूनतम् मूल्यांकनभन्दा पनि कम मूल्य राखी राजस्व हिनामिना गरेको दाबीसहित अख्तियारमा उजुरी परेको थियो । व्यक्तिगत लाभ लिइ लिखत पारित गरेको उजुरीमा उल्लेख थियो ।

उक्त मितिमा मालपोत अधिकृतहरु हरिनारायण मिश्र, सदन कुमार द्विवेदी ब्राह्मण र चन्द्रबहादुर भण्डारीसमेतका कर्मचारीहरुको मिलेमतोमा भ्रष्टाचार भएको भेटिएको थियो । कार्यालयका कम्प्युटर अधिकृत कमोद तिवारी, नायव सुब्बा रामेश्वरप्रसाद साह र सुब्बा लेखनाथ भट्टराईसमेत यसमा संलग्न रहेको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

उजुरीमा दाबी भएको मितिमा फाँट ‘क’ बाट १७ वटा र फाँट ‘ग’ बाट २ वटा लिखत पारित भएको भेटिएको थियो । यस क्रममा लाग्ने राजस्व निर्धारणमा जिम्मेवार कर्मचारीहरुले तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरेको देखिएको थियो । यसरी बदनियतपूर्वक काम गर्दा सरकारलाई उठ्नुपर्ने राजस्व नउठेको दाबी गरिएको थियो ।

यसैमाथि फैसला गर्दै विशेषले नासु साहलाई २ लाख ८७ हजार रुपैयाँको दोब्बर जरिवाना तथा एक वर्ष कैद हुने फैसला गरेको हो । अर्का नासु लेखनाथ भट्टराईलाई भने तीन महिना कैद सजाय सुनाइएको छ भने उनले जरिवाना वापत साढे ३६ हजार हाराहारी तिर्नुपर्ने भएको छ । विशेषले कम्प्युटर अधिकृत तिवारीलाई साढे २३ हजार रुपैयाँ जरिवाना र एक महिना १५ दिन कैद तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }