आइतवार, असार २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी कानुन अनुसार व्यक्तिगत भिसाका मुद्दाहरूमा टिप्पणी गर्न मिल्दैन :अमेरिकी दूतावास


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १०, २०८१
  • 36
    SHARES

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ । दूतावासले अमेरिकी कानुन अनुसार व्यक्तिगत भिसाका मुद्दाहरूमा टिप्पणी गर्न नमिल्ने जनाएको हो ।

भिसा रेकर्डहरू अमेरिकी कानुन अन्तर्गत गोप्य रहने भएकाले केही भन्न नमिल्ने दूतावासले जनाएको छ । विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा दूतावासले अस्वीकृत गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकप खेल्न जान लागेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकृत गरेको हो ।

क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका बारेमी अमेरिका दुतावासको भनाइः

“संयुक्त राज्य अमेरिकामा आयोजना हुने टि-ट्वेन्टि विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज,को सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए । आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेका छन् ।

अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }