आइतवार, असार २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कैलाश सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैनः नेता निधी


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १०, २०८१
  • 30
    SHARES

जनकपुर । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताउनुभएको छ ।

बिहीवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गर्नुभयो । उहाँले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने बताउनु भयो । उहाँले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताउनु भयो । उहाँले अध्यक्ष सिरोहियाको साथमा नेपाली काँग्रेस र सबै नेपालीहरु रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको बिरुद्धमा काँग्रेस रहेको बताउनु भयो । उहाँले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताउनु भयो । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटीपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरेको छ । अनावश्यक दुःख दिएको छ । उहाँलाई जनकपुरमै ल्याइएको छ । उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई नै भेट्न आएको हुँ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न आएको छु । हामी कैलाश सिरोहियाको साथमा छाँै । कैलाश सिरोहियाको पक्राउको बिरुद्धमा छाँै । यो प्रतिशोधपूर्ण पक्राउको सरकारले रिहाई गर्नुपर्छ । यस्तो त होइन, दुई वटा नागरिकता केसमा बदर नै भइसकेको छ । अहिले गृहमन्त्री जो हुनुहुन्छ, उहाँलाई बदर गरियो । कैलाश सिरोहियालाई अनावश्यक रुपमा गिरफ्तारी गरिएको छ । उहाँमाथि जुन आरोप छ, त्यो आरोप निराधार र त्रुटीपूर्ण छन् । कानूनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ । कीर्ते होइन । यो सबैको सरोकारको विषय हो । रवि लामिछानेको सहकारी ठगीको आरोपमा छानबिन समिति बनाउन हामीले भनेका छौँ । सरकार आफैँले न्यायधीश भएर निर्दोष घोषणा गर्नुभएको छ । त्यसको बिरुद्धमा शुक्रवार प्रदर्शन गर्दैछौँ । जबसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म संसदको अरु कामहरु अघि बढ्दैन ।’

नेता निधीले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको बिरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिनुभयो । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }