शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अझ धेरै समावेशी बन्दै मिस युनिभर्स नेपाल

टप २५ को स्यास सेरेमोनी सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २९, २०८१
  • 125
    SHARES

 

काठमाडौँ ।  मिस यूनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतवार हिल्टन काठमाडौंमा शीर्ष २५ प्रतियोगीहरुको स्यास सेरेमोनी सफलतापूर्वक सम्पन्न गरेको छ ।

प्रारम्भिक राउण्डबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्किले सास वितरण गरेका हुन्।

यस पालीकोमिस युनिभर्स नेपाल २०२४ मा बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बमको पनि सहभागीता रहेको छ । त्यस्तै ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला र डाक्टर, इन्जिनियर र पाइलटलगायत विभिन्न पेशाका महिलाहरूको उत्साहजनक र समावेशी
सहभागिता रहेको छ ।

कार्यक्रममा प्रतियोगी सम्पदा घिमिरेलाई नम्बर १, छोतेन फुन्ट्सोलाई नम्बर २, श्रीयङ्का थापालाई३, अनुष्का वस्तीलाई ४, सुजल बमलाई ५, नेहा चौधरीलाई६, मनिषा परियारलाई ७, स्मृति सिंहलाई ८, एलिना गुरुबलाई ९, रेनाता कट्टेललाई १०, तुलसा नेपाललाई ११, नियुक्ती अर्जाललाई१२, ऋतिषा मानन्धरलाई१३ नम्बरको स्यास वितरण गरिएको छ ।

त्यसै गरी पूजा बाँस्तोलालाई १४, खुसी दत्तराजलाई१५, आयुषा कार्कीलाई१६, अस्मि ढकाललाई १७, शिवानी कर्णलाई १८, गजल कर्णलाई १९, करेन मुर्रेलाई २०, संयुक्ता मल्ललाई २१, अक्षिता चेट्टीलाई २२, नितु पुनलाई २३, ताशी गुरुबलाई २४, समृद्धि केसीलाई २५ स्यास
वितरण गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथी निना उपाध्यायले कार्यक्रममा मिस युनिभर्सका सबै प्रतियोगीलाई कार्यक्रममा सहभागिता जनाएकोमा धन्यवाद व्यक्त गर्दै आफूले १३ वर्षको हुँदा महिला सशक्तिकरणको कुरा गर्दा जेल जानुपरेको प्रसँगलाई जोडिन्। यी शीर्ष २५ प्रतिस्पर्धीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिस लगायत अन्य राष्ट्रिय
प्रशिक्षकहरुले व्यक्तित्व विकास, वाक–कला, पब्लिक स्पिकिंग, वित्तीय व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाउनेछन्।

मिस यूनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस यूनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)