बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

०८४ मंसिरको चुनावसम्म यहीँ सत्तासमीकरण कायम रहन्छ: प्रधानमन्त्री ओली


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर ७, २०८१
  • 154
    SHARES

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन २०८४ साल मंसिर सम्म कायम रहने बताउनु भएको छ ।

राजधानी  काठमाडौँमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै उहाँले काँग्रेस -एमालेको सत्ता समीकरण आगामी निर्वाचन सम्म कायम रहने बताउनु भएको हो ।

दुई दल बीच भएको सहमति अनुसार आफुले १८ महिना र काँग्रेस सभापति शेर बहादुर देउवाले १८ महिना चलाउने कोही भ्रम नपर्न ओलीको आग्रह थियो ।

प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ ।

एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली काङ्ग्रेसको सहयात्रा गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको सम्बोधन जारी रहेकोे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)