शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

झण्डै दोब्बरले बढ्यो इन्धन गाडीभन्दा विद्युतीय गाडीको आयात


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ९, २०८१
  • 95
    SHARES

काठमाडौं । इन्धन गाडीभन्दा विद्युतीय गाडीको आयात झण्डै दोब्बरले धेरै रहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा पाँच हजार सात सय वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी आयात भएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्म पाँच हजार सात सय दुई वटा चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएका हुन् । आयातित विद्युतीय गाडीको मुल्य १४ अर्ब १९ करोड रुपैयाँभन्दा धेरै छ । मंसिरमा मात्रै एक हजार चार सय ८५ वटा चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएका तथ्याङ्कले देखाएको छ ।

पाँच महिनामा इन्धनबाट चल्ने गाडीको आयात भने विद्युतीय गाडीको तुलनामा झन्डै आधा मात्रै छ । पाँच महिनामा ५७ सय वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएकोमा इन्धनबाट चल्ने गाडी तीन हजार दुई सय ८५ वटा मात्रै आयात भएका छन् । मंसिरमा जम्मा ३ सय ४२ वटा इन्धन गाडी भित्रिएका छन् ।

न्युन भन्सार र विद्युती गाडी प्रोत्साहन गर्ने सरकारी नीतिको कारण विद्युतीय गाडीको आयात निकै बढिरहेको छ । तर दुई पाङ्ग्रेमा भने इन्धनबाट चल्नेकै वर्चश्व छ । पाँच महिनामा इन्धनबाट चल्ने दुईपाङ्ग्रे साढे ९३ हजार वटा आयात भएकोमा विद्युतीय दुई पाङ्ग्रे भने तीन हजार आठ सय वटा आयात भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)