शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रंगमञ्चमा दिपक समीरको ‘आहत उजेलीहरू’ मञ्चन हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०८३
  • 54
    SHARES

काठमाडौं । संचारकर्मी एवम् साहित्यकार दिपक समीरको कथा ‘आहत उजेलीहरू’ मञ्चन हुने भएको छ । वाचनसँगै सुमधुर संगीतका साथ मौन अभिनयसहित समीरको कथा ‘आहत उजेलीहरू’ मञ्चन हुन लागेको हो ।

कथा ‘आहत उजेलीहरू’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । लेखक समीरले नै कथाको वाचन गर्नेछन् भने कला निर्देशक सुमन सागरजंग केसीको नेतृत्वमा कलाकारहरुले मञ्चमा मौन अभिनय गर्नेछन् ।

वाचन र अभिनयलाई अझ सशक्त एवम् जीवन्त बनाउन संगीतकर्मी विकल खड्का नेतृत्वको समूहले लाइभ संगीत भर्नेछ, जसले दर्शकलाई मन्त्रमुग्धसँगै भावुक बनाउने छ । कथा मञ्चनको बिचबिचमा गायिका सुनिता कार्कीको सुमधुर स्वरमा गीत गुञ्जनेछ ।

कथालय नाम दिइएको उक्त कथा मञ्चन कार्यक्रमलाई ब्रोडिजी ग्रुपले आयोजना गरेको हो । पत्रकार विमल नेपालले उक्त कार्यक्रमको संयोजन गरेका छन् भने सञ्चारकर्मी भोजबहादुर विश्वकर्माले सल्लाहकारको भूमिका निर्बाह गरेका छन् ।

मञ्चन हुने नाटक ‘आहत उजेलीहरू’ कथाकार दिपक समीरको कथा संग्रह मुना मदनको डिभोर्स पार्टीभित्र संग्रहित कथा हो । उक्त कथाले वैदेशिक रोजगारीका कारण नेपाली समाजमा पारेको प्रभावलाई देखाउन खोजेको कथाकार समीरले बताएका छन् ।

यसअघि कथालाई नाटकको रुपमा प्रस्तुत गरेर मञ्चन गर्ने चलन भए पनि नेपालमा वाचनसँगै संगीत र मौन अभिनयको त्रिकोणात्मक संयोजन भने पहिलोपटक हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)