शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गरिरहेकालाई सरकारले पुरस्कार दिने, आवेदन आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १६, २०८१
  • 76
    SHARES

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार दिने भएको छ ।

मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान र पुरस्कारका लागि सूचना सार्वजनिक गर्दै आवेदन आह्वान गरेको छ ।

उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि,२०७६’अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

कार्य भिसामा विदेश गई कम्तीमा १ वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत ५ वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुनेछन् ।

तर, विगत वर्षहरुमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनौटमा नपरेका उद्यमीले भने आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)