बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान पूरा

रवि लामिछानेसहित ४० भन्दा बढी प्रतिवादीविरुद्ध झन्डै एक अर्ब २० करोड बिगो माग गर्न सिफारिस


  • माउन्टेन खबर
  • बिहिबार, पुस १८, २०८१
  • 168
    SHARES

काठमाडौँ – काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको अनुसन्धान प्रतिवेदनमा हाल कास्की प्रहरीको हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री लामिछानेसहित ४० जनाभन्दा बढी प्रतिवादीविरुद्ध झन्डै एक अर्ब २० करोड बिगो माग गर्न सिफारिस गरिएको छ ।

अनुसन्धान प्रतिवेदन तयार भएको र आजसम्म जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने तयारी छ । अनुसन्धान प्रतिवेदन अध्ययन गरी अदालतमा आरोपपत्र दायर गर्दा प्रतिवादी र हिनामिना भएको रकमको बिगो तलमाथि हुन सक्ने भएकाले प्रहरीले सबै विवरण भने सार्वजनिक गरेको छैन ।

अनुसन्धान प्रतिवेदनमा परिसको हिरासतमा रहेका स्वर्णलक्ष्मी सहकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामासहित पूर्वअध्यक्ष जिबी राई, देवेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, सविना आलेमगर लगायतविरूद्ध मुद्दा चलाउनुपर्ने राय प्रतिवेदनमार्फत दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)