बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनमा १५ औं संस्करण चितवन महोत्सव २०८१ आयोजना हुने

महोत्सवमा अन्तरराष्ट्रिय व्यवसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने


  • माउन्टेन खबर
  • शुक्रबार, पुस १९, २०८१
  • 193
    SHARES

काठमाडौँ – उद्योग वाणिज्य संघ चितवनको आयोजनामा २०८१ पौष २५ देखि माघ १० गते (तद्अनुसार ९–२३ जनवरी २०२५) सम्म नारायणी नदी किनारमा चितवन महोत्सव–२०८१ आयोजना हुने भएको छ ।

१५ औं संस्करणका रुपमा आयोजना गर्न लागिएको यस वर्षको महोत्सवमा अन्तरराष्ट्रिय व्यवसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने आज काठमाडांैमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा चीनका उद्योग वाणिज्य संघहरुको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादनको प्रर्दशनी सहित चिनियाँ प्याभिलियन, ७ वटा विशेष स्टल , डोम, कृषि परिसर ,अटो परिसर साथसाथै निर्माण सामाग्री व्यवसायीको सहकार्यमा निर्माण एक्सपो, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४३० वटा स्टलहरु रहने छन् ।

यस वर्ष पनि परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले पौष २९ देखि माघ ७ गते सम्म क्याम्पाचौर नारायणगढमा फुड फेस्टिभल, पौष २९ गते देखी माघ ४ गते सम्म चितवनको कृषि, शिक्षा,स्वास्थ्य,पर्यटन, सूचना प्रविधि, साहित्य लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु लगायतका कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष एवम् चितवन महोत्सव–२०८१ को मूल संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको अर्थतन्त्र चलायमान बनाउन मेला महोत्सव सहयोगी हुने उल्लेख गर्दै अब यस्ता मेला महोत्सव स्वदेशी वस्तको अन्तरराष्ट्रियकरण गर्न तथा निर्यात प्रर्वद्धनका लागि केन्द्रित रहने बताउनु भयो ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ कार्यकारिणी सदस्य सदस्य तथा व्यापार मेला समिति सदस्य सविन श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा केन्द्रित रहने महोत्सवमा पर्यटनसंग सम्बन्धित गतिविधि सञ्चालन गरिने बताउनु भयो ।

महासंघका व्यापार मेला समिति सदस्य राजेन्द्र संगौलाले नेपालबाट विभिन्न देशमा नेपाली वस्तुको माग भएपनि निर्यात गर्न नसकिएको बताउँदै निर्यात प्रर्वद्धनका लागि काम गर्नु पर्ने धारणा राख्नु भयो ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष तथा महोत्सवको आर्थिक समिति संयोजक कल्याण जोशीले चितवन पर्यटकीय कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, औद्योगिक विकास लगायत समग्र आर्थिक, सामाजिक र प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा जैविक विविधताले भरिपूर्ण जिल्ला भएको बताउँदै मेलाले अर्थतन्त्र चलायमान बनाउन र उद्यमशीलताको विकासमा सहयोग गर्ने बताउनु भयो ।

यस वर्ष नव उद्यमीहरुको पहिचान गर्ने उद्देश्यले स्टार्टअपलाई जोडदिंदै महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाहरुको तथ्यांक संकलन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष उपाध्यक्ष राजेन्द्र ओलीले जानकारी दिनुभयो ।
महोत्सवमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवद्र्धन साथै ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजक रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)