बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महासंघ र नास्ट बीच वैज्ञानिक सहकार्यका लागि छलफल


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २३, २०८१
  • 384
    SHARES

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि मंगलवार छलफल भएको छ ।

नाष्टका तर्फबाट महासंघसंग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने लयागतका विषयमा छलफल गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाको नेतृत्वमा आएको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालसंग छलफल गर्नु भएको थियो ।

छलफलमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ्ग, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक संघ संस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्ति जस्ता कार्यक्रमहरुको सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका गर्न सक्ने विषय समावेश रहेका छन् ।

यस्तै सो अवसरमा उद्योगको प्रायोजनमा उद्योगले इच्छा गरेको क्षेत्रमा नास्टवाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनमा सहकार्य गर्न सकिने नास्टको टोलीले धारणा छ ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले नास्टले महासंघसंग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँँदै थप अध्ययन गरेर सहकार्य गर्न सकिने बताउनु भयो ।

“निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना देशको समग्र विकासका लागि आवश्यक कुराहरु हुन् । यसमा सहकार्य गर्ने महासंघ सकारात्मक नै छ । यसमा थप अधध्ययन गरेर ठोस काम गर्न सकिन्छ । ” उहाँले भन्नुभयो ।
यस्तै (नास्ट) का उपकुलपति प्रा.डा.सुब्बाले नास्टले दुइ संस्थाबीच अनुन्धार र विकासका क्षेत्रमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने उल्लेख गर्नुभयो ।

“हामीसंग वैज्ञानिकहरुको टिम छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरु पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरु सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । र यसको लागि महासंघ नै उर्पयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)