बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः दुईजना धरौटीमा रिहा


  • माउन्टेन खबर
  • बुधबार, पुस २४, २०८१
  • 80
    SHARES

काठमाडौं – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार मंगलबार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा धरौटीमा रिहा भएका हुन् ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश गरेका थिए । नेवा चार लाख र लामा तीन लाख धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

स्वर्णलक्ष्मीको ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपमा ३९ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)