सौराहा – माघ २९ गतेदेखि सुरु भएको फुड फेस्टिभल आज सम्पन्न हुँदै छ । फुड फेस्टिभलमा आज पनि विभिन्न राष्ट्रिय कलाकारहरू आउँदै छन् ।
आज कलाकार एलिना चौहान, शान्ति रानी परियार र सुनिल पण्डितको प्रस्तुति रहने रेवान् सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
महोत्सवले सौराहामा पर्यटकीय चहलपहल बढाएको रेवान् सौराहाका अध्यक्ष गिरीले बताए ।चितवनको पर्यटन विकासमा महोत्सव फलदायी देखिएको उनले बताए।
हिजोको उपस्थिति हेर्दा सौराहाको पर्यटन कोभिड अगाडीकै अवस्थामा फर्किएको अध्यक्ष गिरीले बताए । हिजो मात्र १० हजारले महोत्सव भ्रमण गरेको जानकारी अध्यक्ष गिरीले दिए।
हिजो मात्र सौराहामा ८९ लाख जतिको कारोबार भएको अनुमान रेवान् सौराहाको छ।
महोत्सवमा खानाका ३० वटा स्टल रहेका छन्।
फुड फेस्टिभल अन्तर्गत प्रथम रेवान् कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ। फाइनल खेल रत्न प्रिया क्लब र अभिषेक चर्च, रजहर बिच दिउसोँ १ बजे हुने छ ।

प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिभल हुँदै आएको छ । “प्राकृतिक सौन्दर्ययता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बसपार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा फेस्टिभल भइरहेको छ ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृतिरभेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यीकरण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।
रत्न नगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सह आयोजकमा रेवान् महिला समूह, क्षेत्रीय होटेल सङ्घ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिभल अवधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा दिएका छन् ।
