मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर बजेट ल्याइनेछः अर्थमन्त्री पौडेल


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०८१
  • 169
    SHARES

काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बसेको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताउनुभएको हो ।

पौडेलकाअनुसार संविधान निर्माणसँगै जनतामा समृद्धी र विकासको आकङ्क्षालाई पूरा गर्ने दिशामा सरकार अग्रसर हुनेछ । सांसदहरुको भूमिका विधि निर्माणसँगै विकास निर्माणमा समेत रहने बताउँदै पौडेलले विकास निर्माण र विधि निर्माणलाई समन्वयात्मक हिसावले अघि बढाउनुपर्नेमा जोड समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अनुशासित ढङ्गले स्रोत व्यवस्थापन, परिचालन गर्ने ढङ्गले जान सकेनौं भने हामी अप्ठ्यारोमा पर्छौं । त्यसकारणले मुलुकलाई आर्थिक रुपमा अप्ठ्यारोमा पर्न दिनुहुँदैन । ठिक ढंगले अघि बढ्नुपर्छ भन्ने कुरामा सरकार सचेत छ ।’’

अर्थ मन्त्रालयका सहसचिव श्यामपसाद भण्डारीले बजेटलाई यथार्थपरक बनाउन अर्थ मन्त्रालयल लागिरहेको बताउनुभयो । उहाँले धेरै मन्त्रालयहरुले सिलिङ नपुगेको बताउने गरेको बताउँदै खर्चको स्थिति कमजोर भए पनि बजेट डिमाण्ड उच्च रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले खर्चको स्थिति हेर्ने हो भने ५० प्रतिशतको हाराहारीमा छ । बजेटको डिमाण्ड जहिले पनि उच्च छ । लक्ष्य महत्वाकांक्षी राख्ने, खर्चको सीमा पनि त्यही अनुसारको राख्ने हुँदो रहेछ ।’’

उहाँले रकामान्तर गर्नका लागि पनि पहिल्यै ठुलो बजेट माग गर्ने प्रवृत्ति रहेको बताउनुभयो । बजेटमा तयारी नपुगेका योजनाहरु राख्दा समेत समस्या भइरहेको उहाँको भनाइ छ । राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सरकार जिम्मेवार नदेखिएको जानकारी दिनुभयो । उहाँले संसदीय समितिमा समेत अर्थमन्त्रीका कारण प्रि बजेट छलफल हुन नसकेको बताउनुभयो । उहाँले ग्रे लिस्टमा पर्नुको जिम्मेवारी सरकारले नलिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘ग्रेलिस्टमा पर्नु सरकारको कारणले होइन भनेर अर्थमन्त्रीले भन्नुभयो । यो भन्दा अघिको सरकारमा को थियो ? नेकपा एमाले होइन । सबभन्दा बढी मन्त्रालयको नेतृत्व गरेर एमाले सरकारमा बसेको होइन । त्यसको जवाफदेही एमाले हुनु पर्दैन ।’’

अन्य सदस्यहरुले आगामी वर्षको बजेटलाई कार्यान्वयनमुखी बनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)