बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्लोवल आइएमई बैंकद्वारा ‘ग्लोवल स्काई क्लव कार्ड’ सार्वजनिक

पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १२, २०८२
  • 278
    SHARES

काठमाडौँ –  ग्लोवल आइएमई बैक लिमिटेडले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लव कार्ड’ शुभारम्भ गरेको छ ।काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गर्नुभएको छ ।

ग्लोवल स्काई क्लव कार्डवाहकहरुले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनुहुनेछ भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइने बताइएको छ । साथै ग्लोवल स्काई क्लव कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ ।

बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ । ग्लोवल स्काई क्लव कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक एक सय रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुने ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनु भयो ।

कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)