बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मौद्रिक नीति लचिलो र संयमित आउनुपर्छः पूर्वअर्थमन्त्री पुन


  • माउन्टेन खबर
  • आइतवार, असार २२, २०८२
  • 131
    SHARES

काठमाडौँ –पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले लिएको वित्त नीति संकुचनकारी रहेको बताउँदै मौद्रिक नीति लचिलो बनाउन जरुरी रहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा अर्थ समितमा भएको बाफिया विधेयकमाथिको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिले लिइएको धेरै खुकुलो मौद्रिक नीतिले अर्थतन्त्रलाई लयमा आउन अहिलेसम्म पनि नदिएको बताउनु भयो । उहाँकाअनुसार त्यतिबेला संयमित हुन नसक्दा अहिलेसम्म समस्या निम्तिएको छ । अब संयमित हुने बेला आएको छ । संसमित भएर त्यस्तो नीति लिनुपर्छ ।

सांसद पुनले भन्नुभयो– ‘खासगरी अर्थतन्त्र चलयामान मजबुत बनाउने सरकारको वित्त नीतिले नै हो । तर यस वर्षको बजेट अलि पुरातनवादी आएको छ । बैंकहरुलाई जथाभावी रुपमा लगानी गर्न दिएर जनताको पैसा डुब्न दिनुहुँदैन । सरकारको मौद्रिक नीति लचिलो तर संयमित आउनुपर्छ ।’

उहाँकाअनुसार अर्थतन्त्रमा देखिएका समस्याहरु खाली प्रकट गरेर मात्रै बस्नुहुँदैन । समाधानतर्फ अघि बढ्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)