बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्ल्डलिंक सङ्ग्रहालयको उद्घाटन  


  • माउन्टेन खबर
  • बुधबार, असार २५, २०८२
  • 223
    SHARES
काठमाडौँ – नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्‍याएको योगदान तथा संघर्ष सहितको गौरवपूर्ण विगतलाई समेट्ने गरी वर्ल्डलिंक सङ्ग्रहालयको स्थापना गरेको छ ।

सङ्ग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेल इन्टरनेट, डायल अप, भी (स्याट) वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । यी उपकरण र प्रविधि प्रयोगबाहिर गइसकेका छन्,  तर ती नेपालको इन्टरनेट इतिहासको संस्मरणका लागि निकै महत्त्वपूर्ण छन् ।

इतिहास झल्किने यस्ता प्रविधिलाई एकै स्थानमा सुरक्षित र संग्रहित रूपमा राख्नु हामीले आफ्नो कर्तव्य  र सामाजिक दायित्व पनि ठानेका छौँ । वर्ल्डलिंक सङ्ग्रहालयलाई अध्ययन, अवलोकन, अनुसन्धान लागि नै राखिएको हो । यो सङ्ग्रहालय भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकास क्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने विश्वास कम्पनीको छ ।

हाम्रो यो कदमबाट नेपालमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासविद्, लेखक, सञ्चारकर्मी लगायतलाई विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग  पुग्ने छ भन्नेमा विश्वस्त छौँ । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक वर्गलाई इन्टरनेट प्रविधिको क्रमिक विकास तथा नेपालको डिजिटल यात्रामा वर्ल्डलिंकको भूमिका बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्नेछ ।

वर्ल्डलिंकले देशका दुर्गम गाउँदेखि सहर सम्म इन्टरनेट सेवा पुर्‍याउँदै डिजिटल पहुँचलाई सरल बनाएको छ । यो सङ्ग्रहालय त्यही यात्राको प्रतिविम्ब हो, जसले नेपालमा प्रविधिको विकास र विस्तारमा वर्ल्डलिंकले पुर्‍याएको योगदानलाई अमर बनाउनेछ ।

सङ्ग्रहालयमा डायल अप् इन्टरनेट मा प्रयोग भएका उपकरण तत्कालीन कम्प्युटर मोडेम वायरलेसमा प्रयोग भएका डिस्क,  तत्कालीन रूपमा प्रयोग भएका यफटिटियच का पुराना उपकरण राखिएको र सङ्ग्रहालय अवलोकन गर्न शुक्रवार १० बजे देखि ४ बजे सम्म कलेज अध्ययनरत विद्यार्थीहरू लाई खुल्ला गर्ने किरण राज गौतमले जानकारी दिनुभयो  ।

कम्पनीका अध्यक्ष  दिलीप अग्रवालज्यूको प्रमुख आतिथ्यता र सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवालज्यू, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा वर्ल्डलिंकको आफ्नै भवन कार्यालय परिसर, ललितपुर, कुसुन्तीमा यो सङ्ग्रहालय उद्घाटन गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)