बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोहोरो अङ्कले बढ्यो नेप्से


  • माउन्टेन खबर
  • बुधबार, असार २५, २०८२
  • 221
    SHARES

काठमाडौँ –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९० को विन्दुमा कायम भएको हो ।

आज ३१६ कम्पनीको एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ६२ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३८ र म्युचुअल फण्ड शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ एक दशमलव ६८ र लगानी समूह एक दशमलव ३७ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ३४, होटल तथा पर्यटन शून्य दशमलव २८, जलविद्युत् शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव २४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९५, लघुवित्त शून्य दशमलव ८५, निर्जीवन बिमा शून्य दशमलव २४, व्यापार शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य चार दशमलव ४१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)