बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो


  • माउन्टेन खबर
  • बुधबार, साउन १, २०८२
  • 293
    SHARES

काठमाडौँ –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६१ अङ्कले बढेर दुई हजार ७९४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ८६ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ५९, वित्त शून्य दशमलव ७५, होटल तथा पर्यटन शून्य दशमलव ५९, जलविद्युत् एक दशमलव २८ र लगानी शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ८५, म्युचुअल फण्ड एक दशमलव ५८, निर्जीवन बिमा एक दशमलव ८५ र अन्य समूह शून्य दशमलव ३३ प्रतिशतले बढेको छ ।

आजको कारोबारका एक सय ९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ वटाको घटेको छ । केबिएल डिबेञ्चर(२०९० र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)