बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ३, २०८२
  • 272
    SHARES

काठमाडौँ-  पूर्वाधार विकास समितिले सुनकोसी–मरिन डाइमर्सनबारे अध्ययन तथा अनुगमन गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।

सांसद प्रकाश ज्वालाको संयोजकत्वमा दलीय प्रतिनिधित्व हुनेगरी सात सदस्यीय उपसमिति गठन गरेको हो ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले समितिका सदस्यहरूमा सीता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी, सुशीला श्रेष्ठ रहनुभएको जानकारी दिनुभयो । समितिले सुनकोसी–मरिन डाइभर्सन आयोजनको कार्यप्रगति सम्बन्धमा आवश्यक स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन गरी आयोजना कार्यान्वयन गर्न निर्माण व्यवसायी, स्थानीय, इन्जिनियर, कन्सल्ट्यान्ट लगायतका निकाय, सरोकारवालासँग परामर्स गरी दुई महिनाभित्र समिति समक्ष प्रतिवेदन पेश गर्नेछ ।

तराई–मधेसका कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको सुनकोसी–मरिन डाइभर्सनको काम सन्तोषजनक रुपमा अघि नबढेको सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । सुनकोसीको करिव ७६ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने र सिंचाईसहित ३१ मेगावाट विद्युत उत्पादन गरिने उक्त आयोजना २०८४ को असोजसम्म सम्पन्न गर्ने लक्ष्य भएपनि काम राम्रोसँग अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)