बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर: अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ३, २०८२
  • 175
    SHARES

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित युएई आर्थिक प्रवद्र्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो । नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधारहरू गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष ढकालले तीसभन्दा बढी कानुनहरू संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा युएईका लगानीकर्ताहरूका लागि यो समय नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने धारणा राख्नु भयो ।

“नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ । उर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको छ । अध्यक्ष ढकालले भन्नुभयो, त्यसैले युएईका लगानीकर्ताहरूका लागि अहिलेको समय नेपाल प्रवेश गर्न उपयुक्त अवसर हो । ” उहाँले जलविद्युत, सौर्य उर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आइसीटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव पनि राख्नुभयो ।

युएई नेपालका लागि एक विश्वासिलो मित्र रहेको र लाखौं नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै नेपालको तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै अध्यक्ष ढकालले युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपालीहरूलाई लक्षित गर्दै वित्तीय सेवाहरू, तालिम केन्द्रहरू र सीप विकासमा लगानी गर्न आग्रह गर्नुभयो । महासंघ युएईका लगानीकर्ताहरूका लागि आवश्यक सम्पर्क, मार्गदर्शन र सहजीकरण गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै उहाँले दुबई चेम्बर अफ कमर्ससँगको सहकार्य र भविष्यमा संयुक्त सम्मेलनहरू आयोजना गर्ने योजना रहको बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)