बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अघिल्लो आर्थिक बर्यको तुलनमा १ खर्ब भन्दा बढिले बढ्यो व्यापार घाटा


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ७, २०८२
  • 189
    SHARES

काठमाडौं –  नेपालको वैदेशिक व्यापारघाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनमा १ खर्ब भन्दा बढिले वृद्धि भएको हो ।

नेपालको वैदेशिक व्यापार घाटा २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब ब्यापार घाटा व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यो व्यापारघाटा ६ प्रतिशतले बढेको हो ।

नेपालले खासगरी, भारत, चीन लगायतका देशहरुसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ । परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ ।

नेपालले २०८१/८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो । भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ ।

यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ । २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ ।  यो निर्यात अघिल्लो आ.व.को तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०/८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)