बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईएमई मोटर्स ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित


  • माउन्टेन खबर
  • सोमवार, साउन १३, २०८२
  • 99
    SHARES

काठमाण्डौ – आईएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा अन्तर्राष्ट्रिय अपरेसन विधाअन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ । आईएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुईबीचको सहकार्यमा थप ऊर्जा भरेको आईएमई ग्रुपले जनाएको छ ।

अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको दस वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको ग्रुपको विश्वास छ ।

आईएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो पुरस्कार हरेक टेक्निसियन र सर्भिस टोली सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताउनुभयो । आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुदाँ आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताउनुभएको छ ।

अशोक लेल्यान्डनेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले अशोक लेल्यान्ड सँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबूत र उत्कृष्टग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताउनुभयो ।

अशोक लेल्यान्डग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन हो । जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)