बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नाइमा मोबिलिटी एक्स्पोमा दुईपाँग्रे,चारपाँग्रे, कमर्शियल गरी ५० ब्राण्डको सहभागिता

अवलोकनकर्ताका लागि नेपाल पुलिस क्लबको ब्लू बिल्डिङमा पार्किङको व्यवस्था


  • माउन्टेन खबर
  • सोमवार, साउन १३, २०८२
  • 218
    SHARES

काठमाडौं-  यही साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ पार्किङ समस्या नहुने भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मलेन गर्दै पार्किङ समस्या नहुने जानकारी दिएको हो ।

नाइमाकी अध्यक्ष रीतुसिंह वैद्यले मोबिलिटी एक्स्पोमा आउने अवलोकनकर्ताका लागि नेपाल पुलिस क्लबको ब्लू बिल्डिङमा पार्किङ व्यवस्था गरिएको जानकारी दिइन् । उनले त्यहाँ २५० बढी कार पार्किङ गर्न सकिने बताइन् ।

त्यस्तै, मोटरसाइकल÷स्कुटरका लागि भृकुटीमण्डम भित्रै पार्किङ व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।

पहिलोपटक आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा दुईपाँग्रे÷चारपाँग्रे÷ कमर्शियल गरी ५० ब्राण्डले सहभागिता जनाउँदै छन् ।

जहाँ एक दर्जन बढी नयाँ कार र मोटरसाइकल लन्च हुने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)