बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उद्यमीमाझ प्रधानमन्त्री ‘नेपाल बन्छ भन्ने तपाईँ–हामीले गरेर देखाउनुुपर्नेछ’


  • माउन्टेन खबर
  • बिहिबार, साउन १६, २०८२
  • 282
    SHARES

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताउनुुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुुपर्नेमा जोड दिनुुभयो ।

“हामी सन् २०२६ मा विकसित मुलुुकमा स्तरोन्नती हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुुग्नेछौँ । हाम्रो देश अरुले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामी सबै लागेमा वि क्यान डुु… नेपाल बन्छ।’’ कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)