बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थपियो


  • माउन्टेन खबर
  • सोमवार, साउन २०, २०८२
  • 314
    SHARES

काठमाडौं –  बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको हकप्रदमा अब भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ ।

यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)