बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ राजधानीमा सुरु


  • माउन्टेन खबर
  • बुधबार, साउन २२, २०८२
  • 146
    SHARES

काठमाडौं –  नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाईमा) को आयोजनामा “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” को औपचारिक रुपमा उद्घाटन गरे। नाईमाको प्रदर्शनीले नेपालले अटोमोटिभ क्षेत्रमा प्रगति गरिरहेको छ भन्ने संकेत गरेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले उल्लेख गरे।

गुणस्तरिय सडक पूर्वाधार बिना अटोमोबाइलको क्षेत्रमा जस्तोसुकै प्रदर्शनी गरेपनि त्यसको सहि सदुपयोग हुन नसक्ने भन्दै अहिले सरकारले गुणस्तरिय सडक पूर्वाधारलाई महत्व दिएको उनले बताए।

सडक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आजको युग कनेक्टिभिटिको भएको र यसका विभिन्न विधाहरु मध्ये सडक संजाल पनि महत्वपूर्ण भएको उनले थप उल्लेख गरे।

नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो सवारीसाधन प्रदर्शनीको रुपमा दाबी गर्दै नाईमाका अध्यक्ष रितु सिंह वैद्यले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १२ लाख ४० हजार (१.२४ मिलियन) रोजगारी प्रदान गरिरहेको बताइन्।

अध्यक्ष वैद्यले ५० भन्दा बढि सवारीसाधनका ब्राण्डहरुका साथ प्रदर्शनीमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी ३५ ओटा नयाँ सवारीसाधनहरु सार्वजनिक गरिने जानकारी दिइन्। साथै प्रदर्शनीबाट जम्मा भएको सम्पूर्ण आम्दानी यसै क्षेत्रको विकासमा लगानी गरिने थप जानकारी दिइन्।

“नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा विभिन्न कम्पनी र ब्राण्डका विद्युतीय सवारीसाधन (ईभी) हरुका साथै ईलेक्ट्रिक बाइक र स्कुटरहरु प्रदर्शनीमा राखिएका छन्।

“नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा टोयोटा, किया, हुन्डाई, बीवाईडी, निशान, एमजी, माक्सस्, लगायत कम्पनीहरुले आफ्नो ईभी प्रदर्शनीमा राखेका छन्। त्यसैगरी सेग्वे, निउ, एथर, गोगोरो लगायतका विभिन्न कम्पनीका ईलेक्ट्रिक बाइक र स्कुटरतर्फ प्रदर्शनीमा राखेका छन्।

पाँच दिने “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” प्रदर्शनी साउन २५ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)