बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २४, २०८२
  • 186
    SHARES

काठमाडौं –  प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । २९ औं वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्सले घोषणा गरेको बोनस सेयर र वित्तीय उपलब्धिले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । यसले बजारमा लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने अपेक्षा समेत गरिएको छ ।

आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उहा“को भनाई छ ।
अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ ।

ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेशन प्रविधि लागू गरिसकेको अध्यक्ष मल्लले बताउनुभयो । डिजिटल माध्यमबाट नै दाबी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण, तथा अन्य बीमा सेवाहरुलाई अझ सरल र प्रभावकारी बनाएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ग्राहकको सन्तुष्टि नै व्यवसायिक संस्थाको वास्तविक सफलता हो ।”

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले समाजस“ग प्रत्यक्ष सम्बन्ध राखी समुदायको दिगो विकासमा योगदान पु¥याउने कार्यलाई प्राथमिकता दिएको प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्लले बताउनुभयो । स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्रभु इन्स्योरेन्स सक्रिय रहँदै आएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)