बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक ः महासंघ अध्यक्ष ढकाल 


  • माउन्टेन खबर
  • आइतवार, साउन २६, २०८२
  • 159
    SHARES

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताउनु भएको छ ।

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको सन्दर्भमा नेपाल उद्योग वाािणज्य संघ बांकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आज काठमाडौंमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रममा बोल्दै उहाँले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनु भयो ।

‘नेपालगन्ज पर्यटन, कृषि लगायतका क्षेत्रको लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो । सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिन सक्छ । यहाँहरुको यो पहल र प्रयास प्रति महासंघ एक्यवद्धता जाहेर गर्दछ । ’ अध्यक्ष ढकालले भन्नु भयो ।

नेपालजञ्ज दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताउनु भयो । यस्तै अध्यक्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणमा यो एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्री समक्ष आग्रह गर्ने धारणा राख्नु भयो । उहाँले सबैको साझा प्रयासले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै सबैले आ आफ्तो तहबाट पहल गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा राज्यको ठूलो लगानी भइसकको अवस्थामा निर्माण भएका विमानस्थलहरुको प्रभावकारी सञ्चालन आवश्यक रहेको समेत बताउनु भयो ।

“नेपालगन्ज, जसलाई पश्चिम नेपालको प्रवेशद्वारको रूपमा चिनिन्छ । पूर्वाधार बनेको छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज सहित लुम्बिनी जस्ता गन्तव्यहरूमा भारतीय पर्यटकहरूको लागि महत्वपूर्ण प्रवेश हुन सक्छ । सीमा क्षेत्र भएकाले कार्यक्रम र विवाह (इभेन्ट र वेडिङ) का लागि पनि यो क्षेत्रको व्यापक सम्भावना छ ।” उहाँले भन्नुभयो ।

उहाँले देशको आर्थिक विकासका लागि निजी क्षेत्रले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै देशमा नै केही गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ काम गर्न सके यसबाट प्रतिफल प्राप्त गर्न सकिने धारणा राख्नु भयो ।

यस्तै उहाँले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न महासंघले नीतिगत सुधारको पहल गरेको र महासंघको पहलमा सरकारले ३० भन्दा बढि कानूनहरु संसोधन गरेको उल्लेख गर्नु भयो ।

देश विकासका लागि आन्तरिक र बाह्य पूँजी आवश्यक रहेपनि आन्तरिक पूँजीबाट पनि देशमा पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी खोलेर काम शुरु गरि सकिएको जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)