बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन: मन्त्री अधिकारी


  • माउन्टेन खबर
  • शनिबार, साउन ३२, २०८२
  • 218
    SHARES

काठमाडौँ-  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहकारी ऐनमा नमिलेका विषयले यो क्षेत्रलाई व्यवस्थापन गर्न समस्या भएकाले ऐन संशोधनको आवश्यकता औँल्याउनुभयो ।

तीन खम्बे अर्थतन्त्रको सहकारी महत्त्वपूर्ण खम्बा भएकाले यसलाई सक्षम र सशक्त बनाइनुपर्ने मन्त्री अधिकारीले धारणा राख्नुभयो । वडा, पालिका र जिल्लामा कति सहकारी आवश्यक हो, त्यो पहिचान गरेर दर्ता गरिनुपर्ने बताउँदै उहाँले तरलताको व्यवस्थापनमा सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

सहकारी नियमन प्राधिकरण, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काम गरिरहेको बताउँदै बदनाम भएका सहकारीको अभिलेख तयार पार्न सरोकार भएका निकायलाई मन्त्री अधिकारीले निर्देशन दिनुभयो ।

समितिका अध्यक्ष श्रीमनकुमार गौतमले सरकारले घोषणा गरेका समस्याग्रस्त २३ सहकारीमध्ये तीन वटाको हिसाबकिताब राफसाफ गरी बचतकर्ताको सबै बचत रकम फिर्ता गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाललगायत वक्ताले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक छलफल र पहल भइरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)