बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्लोबल टिन हिरो नेपाल ११औँ संस्करण:  शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ५, २०८२
  • 277
    SHARES

 

काठमाडौँ-   ग्लोबल प्रा.ली.ले ११ औँ संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोबल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६

फाइनलिस्टहरूको नाम घोषणा गरेको छ।

यस वर्षको प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक

क्रियाशीलता, पर्यावरण, एआई विज्ञान/अनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव  पारेका ७८४

किशोर किशोरीहरूबाट आवेदन प्राप्त भएको थियो।

ग्लोबल२० अण्डर २०  छनोट गरिएका उत्कृष्ट किशोर किशोरीहरूको विवरण र दस्ताबेजहरूको समीक्षा हाम्रो निर्णायक मण्डलले गरेको थियो। त्यसपछि उनीहरूको कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोबल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टहरूलाई सर्ट लिस्ट गरिएको हो। सम्मानित ६ सदस्यीय निर्णायक मण्डलले यी ६ जना प्रतिभाशाली किशोर किशोरीहरूलाई उनीहरूको उपलब्धि, पहल र आ-आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानका लागि सर्ट लिस्ट गरेको छ।

शीर्ष ६ फाइनलिस्टहरू यस प्रकार छन् :

१. कृष्ण यादव, धनुषा- सामग्री निर्माता

२. मानुषी न्यौपाने, स्याङ्जा- यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) अधिवक्ता

३. निश्चल ढुङ्गाना, कपिलवस्तु जलवायु न्याय अधिवक्ता

४.  अक्सफोर्ड आचार्य, जुम्ला- नीति अधिवक्ता

५.  रेणुका सिंह, सर्लाहीकी- कृषि उद्यमी

६.  सफल पौडेल, रुपन्देही- एआई विकासकर्ता

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)