बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि ‘काठमाडौँ यूथ कन्क्लेभ २०२५’ आयोजना हुँदै


  • माउन्टेन खबर
  • शनिबार, भदौ ७, २०८२
  • 244
    SHARES

काठमाडौँ –  युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले शनिवार राजधानीमा ‘काठमाडौँ यूथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहको छ ।

युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कुल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवर्द्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा श्रोताहरूसँग जोड्ने यूथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा शनिवार बिहान १० बजे सुरु हुने कार्यक्रममा कलाकार हरिवंश आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजक पक्षले जनाएको छ ।

एक्सपर्ट एजुकेसनको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठुलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उहाँले बताउनुभयो ।
युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौं उपत्यकासहित देशका मुख्य शहरवाट पनि विद्याथीले सहभागिता जनाउने भएका छन् । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य हो। यस्तै युवा विद्याथीहरुलाई पढाइका साथै उद्यमशीलता र व्यवसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने लक्ष्य कार्यक्रमको रहकेो छ ।
कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्ने छन् ।
कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने कार्यक्रम संयोजक टण्डनले बताउनुभयो । सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । युवामा विदेश मोह बढ्दै गइरहेका बेला स्वदेशमै प्रशस्तै सम्भावाना छन् भनेर उत्प्रेरणा थप्ने काम गरिने आयोजकको दाबी छ ।

कार्यक्रममा केवाइसी–२०२५ यूथ आइकनवाट सिसन बानियालाई सम्मान गरिने भएको छ । यस्तै कार्यक्रममा एम.एम.ए खेलाडी रबिन्द्र ढाँट गेस्ट ओफ ओनरका रुपमा उपस्थित हुदै छन, चर्चित गायक दुर्गेश थापालाई पर्फमर अफ द इयर उपाधि प्रदान गरिदैछ । साथै एनसेलका प्रमुख कार्यकारी अधिकृत सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका ए.आ.जी. दान बहादुर कार्की, गायक भेक, खेम संग्रौला, हाँस्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री, क्यानका सचिव तथा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, निर्देशक तथा कोरियोग्राफर प्रदिप लामा, चर्चित -यापर ओ.एम.जी. स्पार्क, एल.जी वी.टी.क्यु. की अधिकारकर्मी तथा लेखक रुक्सना कपाली, नेपाली महिला क्रिकेट टिमकी इन्दु वर्मा, गायिका ओसीन कार्की, गायिका लक्ष्मी आचार्य लगायत अन्य नृत्य, मेरो देश मेरो उत्पादन अन्तरगत विभिन्न स्टलहरु, गेम जोन र विद्यार्थीका तर्फबाट विभिन्न प्रस्तुति रहने छन् । वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो छैठौं संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)