बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भाटभटेनी सुपर स्टोरका केही शाखा शनिबारदेखि पुनः सञ्चालनमा


  • माउन्टेन खबर
  • शनिबार, भदौ २८, २०८२
  • 218
    SHARES

काठमाडौं-  जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका भाटभटेनी सुपर स्टोरका केही शाखा शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २७ गते दिउँसो २ बजेदेखि बेलुकी ८ः३० बजेसम्म नेपालभरिकै विभिन्न १६ शाखा खुलेका छन्।

कम्पनीले काठमाडौं उपत्यकाभित्र टोखा, सतदोबाटो, अनामनगर, सनागाउँ, युडब्लुटिसी, पाटन, कलंकी, राधेराधे र बलाजु शाखा सञ्चालनमा ल्याएको जनाएको छ। यस्तै, उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि खुलेका छन्।

तोडफोड र क्षतिको बीचमा पनि ग्राहकको धैर्य र निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै कम्पनीले ‘हामी फेरि खुलेका छौँ’ भन्दै सूचना जारी गरेको छ।

यसअघि आन्दोलनको क्रममा देशभरका निजी उद्योग व्यवसाय र सुपरमार्केटमाथि आक्रमण हुँदा भाटभटेनीका धेरै शाखा पनि प्रभावित भएका थिए। अब कम्पनीले आफ्नो नियमित सेवा क्रमशः सञ्चालनमा ल्याउने जनाएको छ।

 

546951480_4019632028286202_6972557089989587252_n-1757754487.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)