बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुनःनिर्माणमा सहयोग गर्ने निजी क्षेत्रको प्रतिबद्धता


  • माउन्टेन खबर
  • बुधबार, अशोज १, २०८२
  • 90
    SHARES

काठमाडौँ। निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय सम्पत्तिको पुनःनिर्माणमा निजी क्षेत्रको पूर्णसाथ रहने प्रतिबद्धता जनाउनुभएको छ।

आज सिंहदरबारमा अर्थमन्त्री डा रामेश्वर खनालसँग भेट गरी जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनःनिर्माणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष मल्लले भन्नुभयो, “सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका महत्त्वपूर्ण सरकारी संरचना पुनःनिर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौँं, मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि गर्न सरोकारवाला  सबै जिम्मेवार भएर लाग्न आवश्यक छ, ।”

मल्लले निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै मुलुकलाई आर्थिक स्थिरता र दीर्घकालीन समृद्धितर्फ अघि बढाउन सधैँ तत्पर रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)