बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थमन्त्री खनालसँग विभिन्न मुलुकका राजदूतको शिष्टाचार भेट


  • माउन्टेन खबर
  • आइतवार, अशोज १२, २०८२
  • 174
    SHARES

काठमाडौं-  अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग नेपालका लागि यूरोपियन युनियन, जर्मनी, फिनल्याण्ड र फ्रान्सका राजदूत तथा प्रतिनिधिहरुले संयुक्त रूपमा आइतबार शिष्टाचार भेट गर्नुभएकाे छ ।

युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेंजो, जर्मनीका राजदूत उडो युगेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा फ्रान्सका दूतावासका प्रतिनिधिसँग संयुक्तरूपमा आपसी हितका विषयमा सौहार्दपूर्ण भेटवार्ता भएको छ।

मन्त्रालयका सह-सचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, अर्थ मन्त्रालयमा भएकाे भेटमा अर्थमन्त्री खनालले नेपालको विकास प्रक्रियामा विगत लामो समयदेखि साथ र सहयोग पुर्‍याउँदै आएका यी मुलुकप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले विशेषगरी युरोपियन युनियनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद तथा मानव स्रोत विकासमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। त्यस्तै फ्रान्स, जर्मनी र फिनल्याण्डले स्वास्थ्य, पर्यटन, ऊर्जा र राजस्व क्षेत्रमा गरेको सहयोगलाई समेत उच्च मूल्याङ्कन गर्नुभयो।

भेटमा युरोपियन युनियन, जर्मनी र फिनल्याण्डका राजदूतहरुले नेपालमा हालै भएको राजनीतिक परिवर्तनपश्चात पनि नेपाल सरकारसँग सहकार्य गर्न सधैं तयार रहने प्रतिबद्धता जनाएका छन्।

यसैगरी अर्थमन्त्री खनालले नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानिली म्यूलेसँग पनि शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा मन्त्री खनालले नेपाल र स्वीट्जरल्याण्ड बीच समान भौगोलिक अवस्थिति रहेको उल्लेख गर्दै सार्वजनिक वित्त व्यवस्थापन, व्यावसायिक तालिम, स्थानीय सुशासन र क्षमता विकासका क्षेत्रमा स्वीस सरकारको योगदान प्रशंसनीय रहेको बताउनु भयो।

स्वीस राजदूत म्यूलेले नेपालको विकास प्रक्रियामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँग सहकार्य गर्न सधैं तयार रहने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)