बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली पाककलाको अन्तर्राष्ट्रिय नेटवर्क बनाउँदै अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी


  • माउन्टेन खबर
  • बुधबार, अशोज २२, २०८२
  • 1.4K
    SHARES

काठमाडौँ । नेपाली पाककलाको अन्तर्राष्ट्रिय नेटवर्क बनाउँदै गएको अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटीले आफ्नो पाँच वर्षे अवधिमा महत्वपूर्ण काम गर्दै अघि बढीरहेको छ । विगतको उपलब्धि, काम र अनुभवका आधारबाट पाठ सिक्दै महत्वपूर्ण उपलब्धिका आधारमा चुनौतीहरु विद्यमान रहेपनि आगामी योजना निर्धारण गरी थप प्रभावकारी बनाउने संस्थाले जनाएको छ ।

सन् २०२० मा स्थापना भएको यो विश्वका १३ देशमा विस्तार भएको वोर्ड सदस्यसहित काम गरीरहेको संस्थाका अध्यक्ष अध्यक्ष अर्जुन बहादुर थापाले बताउनुभयो । पाककलाका अनुभवी विज्ञ थापा यसका प्रशिक्षक तथा नेपाली परिकारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन क्रियाशील हुनुहुनछ । पाककलाको क्षेत्रमा देश विदेशमा चार दशकको अनुभव बटुल्नुभएका तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका थापाले विश्वप्रसिद्ध पाककला संस्था ले कोर्दोन् ब्लु बाट पाककला उपाधि हासिल गर्नुभएको छ ।

उहाँले करिब ४० वर्षअघि काठमाडौंस्थित पाँचतारे द सोल्टी होटल बाट कुकको रूपमा काम थालेर बेलायत र स्विट्जरल्यान्डका एसियाली रेस्टुरेन्टहरूमा १७ वर्षसम्म काम गर्नुभयो । हाल हिल्टन लण्डनमा कार्यरत उहाँले स्विट्जरल्यान्डको प्रसिद्ध पाँचतारे होटल द चेडी एन्डम्र्याटमा काम गर्नुभएको थियो । नेपाल सेफ एसोसिएसनका संस्थापक सदस्य थापा सन् २०१० मा प्रतिष्ठित ब्रिटिश करी अवार्ड विजेता, सन् २०२४ मा अमेरिकी रियालिटी शो फेभरेट सेफका शीर्ष पाँच मनोनीत मध्ये एक तथा ब्रिटिश कुलिनरी फेडरेशनका सदस्य हुनुहुन्छ ।

विश्वका विभिन्न देशमा कार्यरत सेफहरु प्रत्यक्ष अप्रत्यक्ष आवद्ध अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटीले नेपाली पाककलाको अन्तराष्ट्रिय नेटवर्कका रुपमा विकास र विस्तार गर्दै लगेको संस्थाका वरिष्ठ पाककला विज्ञ सूर्यकिरण श्रेष्ठ संरक्षक ९मेन्टर० ले जानकारी दिनुभयो । उहाँले संस्थाले स्थापना कालदेखिनै सेफहरूको सीप अभिवृद्धिलाई प्राथमिकतामा राखेर फूड हाइजिन, सुरक्षा र एचएसीसीपी जस्ता अन्तर्राष्ट्रिय स्तरका अनलाइन तालिममार्फत अहिलेसम्म १५० भन्दा बढी नेपाली सेफलाई प्रशिक्षित गराएको छ ।

नेपाली खानाको प्रचार, प्रवद्र्धन एवम् विश्वसामु चिनाउने उद्देश्यले सोसाइटीले विभिन्न फेस्टिवल र प्रतियोगिता आयोजना गर्दै आएको छ । काठमाडौंको अल्फोट होटलमा भएको नेपाली रेसिपी÷फूड प्रतियोगिता र मास्टर सेफ सन्तोष शाहको सम्मान कार्यक्रमसहित संस्थाले सेफ रमेश कार्कीलाई युवा सेफ पुरस्कार, सूर्य महतलाई रेसिपी विजेता, सेफ टेकनारायण नेपाललाई सामुदायिक योगदान, सेफ विक्रम भिक्स, प्रकाश कटुवाल र भरत सुनुवारलाई विशेष योगदान, सेफ सबिता थापालाई विशेष सेफ सम्मान÷पुरस्कार प्रदान गरेको छ । सेफ आर के लामालाई विशेष सेफ पोशाक प्रदान गरिएको जनाइएको छ ।

त्यस्तै, सामाजिक दायित्व, व्यावसायिक गतिविधिसँगै सोसाइटी सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको सोसाइटीले सेफ प्रेमलाल घिसिङको रैथाने फूड यात्रा अभियानदेखि क्यान्सर उपचारसम्म ९रु। ३,५०,०००० सहयोग, कोभिड–१९ को समयमा राहत वितरण र आपतकालीन नगद सहयोग, ग्यास्ट्रोनोमी एसोसियसन अफ नेपाल, ग्लोबल नेपलीज सेफ फेडरेशन, राष्ट्रिय आविष्कार केन्द्र , युवा सेफ गणेश थगुन्ना लाई कुकिङ तालिमको लागि सहयोग प्रदान गरिएको जनाइएको छ ।

संस्थाले, अन्तरक्रिया, सेमिनार र पुरस्कार वितरण कार्यक्रममार्फत संस्थाले सेफहरूलाई केवल श्रमिकका रूपमा नभई पाककलाका दूतका रूपमा आत्मपहिचान दिलाएको अध्यक्ष थापाको भनाई छ । उहाँले पाँच वर्षको अवधिमा राम्रो काम गर्ने प्रयास भएको र यसको अनुभवको आधारमा तालिमलाई अझ प्राविधिक एवम् प्रमाणित बनाउनुपर्ने, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने र नेपाली खानालाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्न सरकार तथा निजी क्षेत्रसँग सहकार्य बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । “हाम्रो सीप, स्वाद र संस्कृति तपाईंहरूको योगदानबाट विश्वभर फैलिएको छ”, अध्यक्ष थापाले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)