सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाप्रवास ( लघुकथा ) – युवराज मैनाली


  • युवराज मैनाली
  • बुधबार, कार्तिक ६, २०८२
  • 1.0K
    SHARES

महाप्रवास 

एक बिहानै पृथ्वीले हल्का चिसोपन महसुस गर्‍यो । उसले आफ्नो छातीमा दौडिरहेका नदीहरू टटोल्यो तर तिनीहरू कतै थिएनन् । उफ्रँदै नाच्ने रूखहरू सन्नाटाले ठिङ्ग उभिएका देखिए । “यो के भयो?” उसले आफूलाई सोध्यो । “तिमीलाई थाहा छैन?” हावाले कानेखुशी गर्यो । “हामीले छोड्यौँ ।” “तर किन?” “बस्नुको अर्थ रहेन,” माटोले गुनासो गर्‍यो । “जरा उखेलिए, तिर्खाले टोक्यो, अनि कोही फर्किएन ।” विद्यालयहरूले आफ्नो चुलो समाते । “हामीले अक्षर बोकेका थियौँ, तर पढ्नेहरू नै हराए ।”

तिनीहरूले हाँस्दै भने । “हामी बस्नु पनि कसको लागि?” अस्पतालले सानो सुस्केरा हाल्यो । “चोटहरू बाँकी थिए, तर मलमहरू हराए । बाँच्न चाहनेहरू नै बेपत्ता भए ।” नदीहरू कता हो कता बगेका थिए । “हामीले आफ्ना बाटाहरू बिर्सियौँ,” तिनीहरूले टाढाबाट कराए । तर त्यो रिक्त भूमिमा कोही बाँकी थिए ।

बाँदरहरू भग्नावशेषका टुप्पामा बसे । “यो त हाम्रो महल जस्तो देखिन्छ!” तिनीहरू एकअर्कालाई हेरेर हाँसे । स्यालहरू छायाँभित्र लुक्न थाले । “अब हाम्रो समय आएको छ,” एकले अर्कोको कानमा साउती गर्यो । “सम्झना नभएको ठाउँमा कथा हामीले लेख्नेछौँ ।” ब्वाँसाहरू गर्जिए । “हामीले यो बचायौँ! हामी सधैँ यहाँ थियौँ! यो जगतको उत्तराधिकारी हामी नै हौँ!” तर समय मौन रह्यो । हावाले शून्यतामा आफूलाई फैलायो तर सुन्ने कोही छैन । त्यसपछि सबै कुरा बिस्तारै हरायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)