सोमवार, अशोज १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा २१ सयले बढ्यो सुनको भाउ


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २५, २०८२
  • 77
    SHARES

काठमाडौँ –  नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढ्दा चाँदीको भने घटेको छ ।

शुक्रबार सुनको भाउ तोलामा दुई हजार एक सय बढ्दा चाँदीको ५५ रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६७ हजार आठ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको भाउ बिहीबार प्रतितोला दुई लाख ६५ हजार सात सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ हालसम्मकै उच्च पुस २३ मा प्रतितोला चार हजार नौ सय ३५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)