शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १, २०८२
  • 184
    SHARES
काठमाडौं – टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको हो, जसले भरपर्दो प्रदर्शन र उत्कृष्ट कनेक्टिभिटी चाहन्छन् ।
मोबाईल सावर्जनिक कार्यक्रममा बोल्दै टेक्नो मोबाईलका सिइओ अर्जित तालापत्रले नेपालका युवा उपभोक्तालाई उनिहरुको दैनिक गतिसँग मेल खाने प्रकारको स्मार्ट फोन चाहिने भएकाले नेपाली बजारमा यसलाई उपलब्ध गराइएको बताए ।
स्र्पाक गो ३ मार्फत हामी बलियोपन, बुद्धिमत्ता र भरोसायोग्य कनेक्टिभिटी भएको फोन ल्याएका छौँ । जसको डिजाइन पनि जीवनशैलीसँग मेल खान्छ,‘ अर्जितले भने । ‘अत्ति नै बलियो’ हाम्रो दर्शनअनुसार पहिलो दिनदेखि नै स्थायित्व र आत्मविश्वास दिन तयार गरिएको छ ।’
स्र्पाक गो ३ दैनिक प्रयोगका चुनौतीहरू सहज रूपमा सामना गर्न सक्षम छ । यसमा आइपी ६४ धुलो र पानीका छिटाबाट सुरक्षा तथा ड्रप–रेडी टिकाउ डिजाइन समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्यालय, कार्यस्थल, डेलिभरी मार्ग वा व्यस्त शहरका सडकहरूमा प्रयोग गर्दा भरोसा दिन्छ ।
यस फोनमा १२० एचजेड सुपर स्मुथ डिस्प्ले रहेको छ । जसले स्क्रोलिङलाई सहज, टचलाई छरितो र दृश्य अनुभवलाई प्रिमियम बनाउँछ । साथै, टेक्नो एआई भ्वाइस असिस्टेन्ट र नो नेटवर्क कम्युनिकेशन २.० सुविधाले नेटवर्क कमजोर वा नभएको स्थानमा पनि सञ्चार सम्भव बनाउँछ ।
स्र्पाक गो ३ नेपालभरका प्रमुख रिटेल स्टोरहरूमा मार्च १३ देखि उपलब्ध हुनेछ । यसको मूल्य ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि १५,९९९ रुपैयाँ र ४ जीबी प्लस १२८ जीब भेरियन्टका लागि १६,९९९ रुपैयाँ तोकिएको छ । यो फोन गाढा खरानी, गाढा कालो, आकाशी निलो र बैजनी गरी चार रंगमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)