बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोहोरो अंङ्कले बढ्यो नेप्से


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०८२
  • 199
    SHARES

काठमाडौँ – साताको शुरूआती दिनहरूमा उच्च गिरावट व्यहोरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उल्लेखनीय सुधार देखिएको छ। आज नेप्से १९ दशमलव ७० अङ्कले बढेर दुई हजार ८५१ दशमलव ०९ विन्दुमा पुगेको हो।

आजको कारोबारमा ३३९ कम्पनीका दुई करोड ७९ लाखभन्दा बढी कित्ता शेयर एक लाख ३७ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल ११ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसले बजारमा लगानीकर्ताको सक्रियता पुनः बढेको संकेत गरेको छ।

उपसूचकतर्फ हेर्दा अधिकांश समूह हरियो देखिएका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत् र लगानी समूहमा सामान्यदेखि मध्यम वृद्धि देखिएको छ भने उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा उच्च १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ। यद्यपि म्युचुअल फन्ड र अन्य समूहमा सामान्य गिरावट देखिएको छ।

आजको कारोबारमा केही कम्पनीमा सकारात्मक सर्किट लाग्नुले बजारमा अल्पकालीन उत्साह थपिएको देखिन्छ।

रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इनका लगानीकर्ताले उच्च नाफा कमाएका छन्। विपरीत रूपमा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य भने झण्डै ९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिदी पावर कम्पनी अग्रस्थानमा रहँदा कुमारी बैंकको शेयर सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)