काठमाडौं – मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंक को डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको छ।
आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पण्डित हाल राष्ट्र बैङ्कको विदेशी मुद्रा व्यवस्थापन विभागमा कार्यरत हुनहुन्छ ।
